ए डिभिजन लिगमा जाउलाखेलको पहिलो जित
जाउलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ ।
आज भएको जाउलाखेल र सरस्वती युथ क्लब बिचको खेलमा जाउलाखेलले सरस्वती युथ क्लबलाई एक शून्यको गोल अन्तरले हराउदै पहिलो जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा जाउलाखेलले सरस्वतीलाई हराएको हो । जाउलाखेलको जितमा विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाको एकमात्र गोल निर्णायक बन्यो ।
यस अघि जाउलाखेलले पहिलो खेलमा थ्रीस्टारलाई बराबरीमा रोकेको थियो । यो जितसंगै जाउलाखेलले दुई खेलमा तीन अंक भएको छ भने सरस्वती अंकविहीन रहेको छ ।