एपीएफ फाइनलमा, सावित्राले गरिन ह्याट्रिक

७ पुष २०७६, सोमबार १८:११
एपीएफ क्लब सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पुग्न सफल भएको छ । पहिलो सेमिफाइनलमा सावित्रा भण्डारीले ह्याट्रिक गरेपछि अर्को विभागीय क्लब पुलिसमाथि ५–२ को जित निकाल्दै एपीएफ उपाधिनजिक पुगेको हो ।
एपीएफको जितमा अनीता बस्नेत र रेखा पोडेलले पनि १–१ गोलको योगदान गरे । पुलिसको लागि घिम कुमारी गुरुङ र निशा सुनुवारले एक एक गोल गरिन् ।
आर्मी र भुटानबीचको दोस्रो सेमिफाइनल आज अपरान्हमा हुदैछ ।