नेकपाका एक नेता गुण्डा लगाएर पत्रकार कुटपिटको आरोप  

हेटौडा न्युज
७ पुष २०७६, सोमबार १९:१४
;

नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य संगीन शर्मालाई नेकपाका एक नेताले गुण्डा लगाएर कुटपिट गरेको आरोप लागेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ५ नम्बर प्रदेश समिति सदस्य पुजन विश्वकर्माले गुण्डा लगाएर पत्रकार शर्मालाई कुटपिट गरेको आरोप लगेको हो । नेपाल पत्रकार महासंघले आज सोमबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा उल्लेख भए अनुसार पुस ६ गते बाँकेको कोहलपुरस्थित युगयान दैनिकको कार्यालय अगाडि बोलाएर विश्वकर्माले पत्रकार शर्मालाई गुण्डा लगाई कुटपिट गराएका हुन् ।

 ‘कुनै पनि बहानामा पत्रकारमाथि गुण्डा लगाई कुटपिट गरिएको यो घटना आफैंमा निन्दनीय र आपत्तिजनक छ । महासंघ दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकार सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनसँग माग गर्दछ’, जारी विज्ञप्तिमा उल्लेख गरीएको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*