हेटौँडामा दोस्रो बाल साहित्य महोत्सव

हेटौडा न्युज
७ पुष २०७६, सोमबार १९:४९
;

हेटौंडामा दोस्रो बाल कला साहित्य महोत्सव हुने भएको छ ।  नवोदय शिशु सदन विद्यालयले हेटौँडा उप–महानगरपालिका, काठमाडौँ पव्लिेकेशन, बाल कला सङ्ग्रहालय, सर्जक सञ्जाल मकवानपुर, नेपाल बालसाहित्य समाजको सहकार्यमा महोत्सव हुने भएको हो ।

आउदो पौष २५ र २६ गते नवोदय शिशु सदन विद्यालयको प्रङगणमा हेटौँडा बाल कला–साहित्य महोत्सव २०७६ संञ्चालन हुनेछ । दुई दिन सम्म चल्ने महोत्सवमा करिब छ हजार व्यक्तिहरुको सहभागिता रहने अपेक्षा गरीएको छ  ।

बालबालिकाहरुमा सिर्जनात्मक पठन संस्कृतिको विकास गराउने उद्देश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकको भनाई छ । 

बालबालिकाहरुमा सिर्जनात्मक पठन संस्कृति र कलाको विविध पक्षहरुको समिश्रित शिक्षण प्रविधि र प्रक्रियाको विकास गराउनाले पहिचान सहितको आत्मनिर्भरता, समय सापेक्षित विचारसहितको तार्किक क्षमता, मौलिक सिर्जनात्मकता तथा शैक्षिक क्षेत्रको आम विकासमा सहयोग पुग्ने भएकोले महोत्सवको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सिएम रिमालले बताएका छन् ।

महोत्सवमा शिक्षक, कलाकार तथा साहित्यकारबाट कला–साहित्यका विभिन्न विधामा कार्यशालाहरु सञ्चालन गरिने छ । 

महोत्सवको मुख्य आकर्षकका रुपमा नेपाली हास्य कलाकार तथा लेखक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, मदन पुरुकार विजेता राधा पौडेल र अमर न्यौपाने लगायत अन्य साहित्यकारहरु सहभागी रहने छन् ।

महोत्सवमा २५ गते बिहान ९ः३० बजेबाट दिउँसो ३:३० बजेसम्म बाल कला–साहित्यसम्बन्धी प्यानल डिस्कसन, अबको शिक्षा कस्तो हुनुपर्ने भन्ने विषयमा कार्यशाला, कथा लेखन र वाचन, कविता तथा मुक्तक, गजल लेखन, कला प्रदर्शनी, ब्लगिङ, भित्ते चित्रकला लेखन, कलाकार तथा लेखक कार्यशाला, नाटक मञ्चन र कार्यशाला, पुस्तकमा आधारित रहेका क्रियाकलाप, पुस्तक प्रदर्शनी, फेस पेन्टिङ, पुतली प्रदर्शनी, शिक्षक र अभिभावकहरुबिचमा पढाइ र बाल कला–साहित्यसम्बन्धी अन्तरक्रिया, सङ्गीत साथै खानाका स्टलहरु रहने छन् ।

त्यस्तै २५ गते शिक्षक, विद्यार्थी, प्रधानाध्यापक तथा अभिभावकका लागि सम्बन्धित विषयहरुमा विविध कार्यशालाहरु पनि सञ्चालन हुनेछन् ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*