एन्फाले घटायो विमलसहित चारै खेलाडीको सजाय

हेटौडा न्युज
८ पुष २०७६, मंगलवार २१:४५
;

अखिल नेपाल फुटबल संघ एन्फाको अनुशासन समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू विमल घर्ती मगरसहित चारै खेलाडीको सजाय घटाएको छ । 

नाइट क्लबमा गएर मदिरा सेवन गरेको पाइएपछि एन्फाले एन्फाको अनुशासन समितिले कारवाहि गरेको थियो ।

एन्फाले यसअघि १३ डिसेम्बर २०१८ देखि विमल घर्तीमगर र डिफेन्डर दिनेश राजवंशीलाई तीन महिनाको निलम्बन गर्ने निर्णय गरेको थियो ।

त्यस्तै मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ भने ४५ दिन निलम्बनमा परेका थिए । 

एन्फालाई खेलाडीले अपिलपछि निलम्बन नाइट क्लबमा गएको दिनदेखि गणना गर्ने निर्णय गरेको हो । चारै खेलाडीले कारबाहीको अवधिबारे छुट्टाछुट्टै अपिल गरेका थिए। 

एन्फाले उनीहरूलाई निलम्बनसम्बन्धी निर्णय लागू हुने मिति परिवर्तन गरिदिएको हो । नयाँ निर्णयसँगै चारै खेलाडीले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग खेल्न पाउने भएका छन्। 

निर्णय अनुसार विमल र दिनेशले लिगका अन्तिम चार खेल खेल्न पाउने भएका छन् भने अञ्जन र सन्तोषले सुरूआती चार खेल खेल्न नपाउने भएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*