हेटौंडामा प्रदेश दुग्ध विकास बोर्डको स्थापना
हेटौंडामा आजबाट हेटौंडामा प्रदेश दुग्ध विकास बोर्डको स्थापना भएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले एक कार्यक्रमका बीच विकास बोर्डको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेशले गरेको काम र कार्यक्रम सफल हुनै पर्ने र अन्यथा आगामी पुस्ताले आफूहरुलाई गाली गर्ने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रमले परिणाममुखी नभए बोर्डको गठनको कुनै औचित्य नरहेकोले यस तर्फ हामी सबै सचेत हुनु पर्ने धारणा व्यक्त गरेका छन् ।
हेटांडाको कृषि विकास निर्देशनालयमा भएको कार्यक्रममा भूमि, कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामा, विभिन्न कृषि समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम प्रदेश दुग्ध विकास बोर्डको आयोजनामा भएको थियो ।