७० हजार घुस सहित कम्प्युटर अपरेटर रंगेहात पक्राउ
सर्लाहीमा ७० हजार घुस लिँदै गरेको समयमा एक जना कर्मचारीलाई अख्तियारको टोलीले पक्राउ गरेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका करार सेवामा कार्यरत कम्प्युटर अपरेटर (नायब सुब्बा सरह) नविन कुमार सिंह रगेंहात पक्राउ गरेको हो ।
७० हजार घुस लिँदै गरेको अवस्थामा बुधबार दिउँसो सिंह पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।
सेवाग्राहीसँग केही दिन पहिला नै काम सहज गरिदिने भन्दै घुस रकम मागेपछि सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि बुधबार अख्तियारको टोलीले सिंहलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको आयोगले जनाएको छ ।