ए डिभिजन लिग : आर्मी अंक तालिकाको तेस्रो स्थानमा

हेटौडा न्युज
११ पुष २०७६, शुक्रबार २१:५४
;

सातदोबाटोमा शुक्रबार भएको शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आर्मी विजयी भएको छ ।

 खेलमा आर्मीले हिमालयन शेर्पालाई दुई/शून्य गोल अन्तरले पराजित गरेको हो । जितसँगै आर्मी तालिकामा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको शेर्पा भने २ अंकसहित तालिकाको १० औंँ स्थानमा छ ।

पहिलो हाफ गोलरहित बारबरी भएकोमा आर्मीले ५७ औंँ मिनेटमा अग्रता लिन सफल भयो । आर्मीका कप्तान भरत खवासले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै टेकबहादुर बुढाथोकीले ६१ औंँ मिनेटमा गोल थप्दै अग्रता दोब्बर बनाए । त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि आर्मी दुई(शून्यले विजयी भयो ।

आजको खेलमा आर्मीका भरत खवास म्यान अफ द म्याच घोषित भए ।

यसमा तपाइको मत

Your email address will not be published.


*