बकैयाँमा खोला दोहन गर्ने एक्साभेटर वन कार्यालयको नियन्त्रणमा,  छुटाउन सेनाको दवाव

हेटौडा न्युज
१३ पुष २०७६, आईतवार १८:११
;

नियम विपरित खोला दोहन गर्ने एक्साभेटरलाई जिल्ला वन कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।  मकवानपुरको बकैँया गाउँपालिका वडा नम्बर ७ कालिवन सामुदायिक वन क्षेत्रमा गत एक हप्तादेखि खोला दोहन गर्दै आएको एक्साभेटरलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो । 

तराई–काठमाण्डौ द्रुतमार्ग निर्माणको क्रममा वातावरणिय प्रभाव मुल्याङकन (आईई) नगरिकन एक्साभेटरले खोला दोहन गरेपछि जिल्ला वन कार्यालय मकवानपुरले एक्साभेटर नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेलले बताउनुभयो । 

वैधानिक तरिकाले ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गरेर द्रुतमार्ग निर्माण गर्ने स्थानमा लैजानुपर्ने भएतापनि नेपाली सेनाले निर्माण कम्पनि मार्फत खोलाबाट नियम विपरित उत्खनन् गरेर सामाग्री लैजान लागिएकोले नियन्त्रणमा लिइएको पौडेलले बताउनुभयो । 

नियन्त्रणमा लिइएको एक्साभेटर छुटाउनका लागि नेपाली सेनाले पटक-पटक दवाव दिएको र सेनाको टोली समेत पठाएको जिल्ला वन प्रमुख पौडेलले बताउनुभयो ।वन क्षेत्रमा आईई नगरिकन उत्खनन् गरेमा नियन्त्रण गर्ने नियम सबैतिर भएतापनि कार्यान्वयन भने हुन सकेको छैन ।

एक्साभेटरको कुनै कागजात नभएको र सवारीसाधनमा नम्बर पनि उल्लेख नगरिएको पौडेलले बताए । कम्पनीलाई वन ऐन २०७६ को दफा ४९ को खण्ड ग अन्तर्गत वनक्षेत्र खन्ने, जोत्ने, उत्खनन् र आवाद गर्ने कसुरमा मुद्दा चलाइने जिल्ला वन कार्यालयले जनाएको  छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*