विप्लव समूहका १५ कार्यकर्ता पक्राउ

हेटौडा न्युज
१३ पुष २०७६, आईतवार २०:०९
;

 काठमाडौंबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका १५ जना  कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लवनिकट अखिल क्रान्तिकारी समुहले सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ गरेका सबैलाई नेपाल पुलिस क्लबमा राखिएको र पक्राउ पर्नेको संख्या बढ्न सक्ने काठमाडौं परिसरका एसएसपी उत्तमराज सुवेदीले बताए ।

क्रान्तिकारीले कालापानी, लिपुलेकलगायत क्षेत्रमा भारतले सीमा मिचेको विरोधमा प्रदर्शन गर्ने योजना बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*