बैंकिङ कसुरको आरोपमा शाखा प्रबन्धक कोइराला पक्राउ 

हेटौडा न्युज
१४ पुष २०७६, सोमबार १८:३४
;

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले  बैंकिङ कसुरको आरोपमा नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका प्रबन्धक भुपराज कोइरालालाई पक्राउ गरेको छ । डिल्लीबजार शाखामा प्रबन्धक रहदा बैंकलाई नभएको दायित्व सृजना गराई अनुचित लाभ लिएको आरोप लागेका उनी  नेपाल बैक लिमिटेडको बैंंकिङ प्रधान कार्यालय, मानवश्रोत ब्यवस्थापन विभागका मुख्य प्रबन्धक दिपेन्द्रराज काफ्लेको जाहेरीमा कोइराला पक्राउ परेका हुन् ।

उनलाई बैकिङ कसुर मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । सोलुखुम्वु नेचा सल्यान गाविस–१ स्थायी घर भएका कोइरालालाई गत शुक्रबार पक्राउ गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*