अजय देवगन र सैफ अली खानले धोका दिएको काजोलको आरोप
बलिउड अभिनेत्री काजोल अचेल सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। हालै काजोलले एउटा ट्विट गरेकी थिइन् जसकारण उनको चर्चा भइरहेको छ ।
काजोलले ट्विटमा आफ्ना श्रीमान तथा अभिनेता अजय देवगन र सैफ अली खानले धोका दिएको आरोप लगाएकी छन्।
काजोलले अजय देवगन र सैफ अली खानलाई भनेकी छन्- तपाईंहरूले मलाई ओमकारामा धोका दिनुभयो र अब प्रचारमा पनि दिइरहनुभएको छ ।
काजोलले ट्विटमा थप लेखेकी छन् -आशा छ कि तपाईंहरू यो ट्विट स्विटजरल्यान्डमा पढ्दै हुनुहुन्छ। सामाजिक सञ्जालमा खुब चर्चा भइरहेको काजोलको यो ट्विट सैफ अली खान र अजय देवगनको नयाँ फिल्म लक्षित हो।
फिल्म तान्हा जीस् द अनसङ वारियरु मा दुई अभिनेता सँगै देखिँदैछन् । यसमा काजोल पनि छन् । तर फिल्मको प्रचारका लागि अजय र सैफ मात्र स्विटजरल्यान्ड गएकाले काजोलले उनीहरूमाथि धोका दिएको आरोप लगाएकी हुन् ।
काजोल आफूलाई स्विटजरल्यान्ड नलगेको भन्दै यस्तो ट्विट गरेकी हुन् । तान्हा जीस् द अनसङ वारियरु मा अजय देवगन छत्रपति शिवाजीका सेनापति सूबेदार ताना जी मालुसरेको भूमिकामा देखिँदैछन्। फिल्ममा अजय, सैफ र काजोलसहित पंकज त्रिपाठी र शरद केलकरको पनि मुख्य भूमिका छ । फिल्म आउँदो जनवरी १० मा रिलीज हुँदैछ । एजेन्सी