घरभाडामा बस्नेको परिचय खोजेर राख्न गृहको निर्देशन

हेटौडा न्युज
१५ पुष २०७६, मंगलवार १९:३३
;

घरभाडामा बस्नेको परिचय खोजेर राख्न प्रहरीलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले काठमाडौं उपत्यकालगायत देशभर आपराधिक गतिविधि बढेको निष्कर्ष निकालेपछि मंगलबार गृह मन्त्री रामबहादुर थापा तथा सचिव प्रेमकुमार राईसमेतको बैठकले आपराधिक गतिविधि रोक्न प्रहरीलाई आवश्यक कदम चाल्न निर्देशन दिएको हो । 

विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरू गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरूको भण्डारण र प्रयोग गरी विध्‍वंसात्मक एवम् अराजक गतिविधि गर्ने गरेको पाइएको गृहले जनाएको छ ।

यस प्रकारको क्रियाकलापले समग्र शान्ति सुव्यवस्थामा गम्भीर असर पार्ने भएकाले काठमाडौं उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घर भाडामा दिने र लिने व्यक्ति, संस्था, कार्यालयले दिने परिचय नजिकको प्रहरी कार्यालयमा जानकारी दिन गृहले सर्वसाधारणलाई अनुरोध पनि गरेको हो ।

चिनियाँ नागरिक पक्राउपछि विकसित शान्ति सुरक्षाको समीक्षा गर्दै गृहले यस्तो निर्णय लिएको  स्रोतले जनाएको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*