प्रहरीलाई उखु उद्योगी खोजी गरीदिन गृह मन्त्रालयको पत्र

हेटौडा न्युज
१५ पुष २०७६, मंगलवार २०:०८
;

किसानलाई उखुको रकम भुक्तानी नदिने उखु उद्योगीलाई खोजी गरी गरीदिन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी आग्रह गरेको छ ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै  उखुको रकम भुक्तानी नदिने उखु उद्योगीलाई खोजेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जिम्मा लगाउन आग्रह गरेको हो ।

मन्त्रालयले किसानलाई रकम भुक्तानी नदिने उद्योगीलाई तत्काल सम्पर्कमा ल्याउन सहयोग गरी दिन पत्राचार गरेको जानाएको छ । गृहले प्रहरीलाई पत्राचार गरेर अन्नपूर्ण सुगर इन्ड्रस्ट्रिज र इन्दिरा सुगर मिल्सका सञ्चालक राकेश अग्रवाललाई खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमाउपस्तिथ गराई दिन पत्राचार गरेको हो ।

उद्योगीहरुले उखु खरिद गरेको भुक्तानी नदिएको भन्दै किसानहरु काठमाडौंको माइतीघरमा दैनिक प्रदर्शन गरिरहेका छन् । पत्रमा उखुको भुक्तानी के कति लिनु दिनु बाँकी छ भन्ने विषयमा समेत छलफल गर्नुपर्ने भएकाले उपस्थित गराइदिन भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*