ठेकेदारले ज्याला नदिएपछि मजदुरहरु आन्दोलित, सडक निर्माण कार्य बन्द

हेटौडा न्युज
१७ पुष २०७६, बिहीबार १६:०२
;

ठेकेदारले ज्याला नदिएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाका मजदुरहरु आन्दोलित भएका छन् । मजदुरहरुको आन्दोलनका कारण सडक निर्माण कार्य बन्द भएको छ । 

निर्माण कम्पनीले करीब २ सय कामदार परिचालन गरेको ९ वटा पेटी ठेकेदारलाई १ करोड ११ लाख रुपैयाँ ज्याला दिन बाँकी रहेको बताइएको छ ।

म्याग्दीको राहुघाटदेखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीले ज्याला नदिएपछि नेपाल ट्रेड युनियन महासंघ )जिफन्ट)को अगुवाइमा मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।

मजदुरका गुनासोबारे आयोजनामार्फत सम्बन्धित निर्माण कम्पनीको ध्यानकर्षण गराइएको र मजदुरको समस्या बारे प्रशासन कार्यालयले निरन्तर सहजीकरण गरेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताएका छन् ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*