महोत्तरीमा ट्रक र बस ठोक्कियो, कांग्रेश सदस्य रायको मृत्यु, १८ जना घाईते
महोत्तरीको बर्दिबासमा मंगलबार बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
बर्दीबास नगरपालिका ५ स्थित टुटेश्वर चोकमा रोकिराखिएको ना ४ ख ९८१३ नम्बरको ट्रकमा काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको ना ५ ख ६४११ नम्बरको गंगोत्री बस ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका १० बस्ने नेपाली काँग्रेस महोत्तरीका महासमिति सदस्य ललन कुमार राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकुष्ण अधिकारीले जनाएको छ । गम्भीर घाईते भएका रायलाई उपचारको लागि धरान लगिँदै गर्दा बाटोमै मुत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका मध्ये ११ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको बर्दिबासमा रहेका जनसेवा, सीटी अस्पताल र शुभ स्वस्तिक अस्पतालमा भइरहेको छ ।