नेकपा प्रदेश ३ संसदीय दलको बैठक सुरु, राजधानी र नामाकरणको ठोस निर्णय आज

हेटौडा न्युज
२४ पुष २०७६, बिहीबार १५:१९
;

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ३ को संसदीय दलको बैठक सुरु भएको छ । राजधानी र नामाकरणको विषयमा पार्टीको निर्णय टुङ्ग्याउन बैठक बोलाइएको बताईएको छ ।

बैठकमा आज प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा ठोस निर्णय हुने बताइएको छ ।

प्रदेश ३ को राजधानी र नामको विषयमा संसदीय दल एकताबद्ध भएर निर्णय गर्नु पर्ने तथा जनभावना बुझेर पायक पर्ने स्थानमा राजधानी राख्नु पर्ने बताउदै आइएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले केहि समय अघि नै प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि यस विषयमा समर्थन र विरोध हुँदै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*