नगरपालिकाको कार्यालयमा ताला 

हेटौडा न्युज
२४ पुष २०७६, बिहीबार १९:२२
;

तलब नपाएको भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिका कार्यालयमा शिक्षकहरुले ताला लगाएका छन् । समयमै नगरसभा नहुँदा शिक्षकहरुले साउनदेखि नै तलब नपाएपछि शिक्षकहरुले तलबको माग गर्दै बुधबार ताला लगाएका हुन् ।

 नगरपालिका कार्यालयमा तलबको माग गर्दै शिक्षकहरुलेअनिश्चित तालाबन्दी गरेपनि मेयर मेयर गोपाल राय यादव कार्यालयमा छैनन् ।

यादवले भने  तलबको विषयमा यहाँ समस्या भईरहेको बताएका बताउदै  आफ् बिरामी भएकाले कार्यालयमा नभएको र  भोलि गएर समस्याको समाधान गर्ने उनले बताए । 

असारमा हुनुपर्ने नगरसभा गत पुस ११ गते मात्रै भएको हो। नगरसभा भइसकेकाले तलबको समस्या छिट्टै समाधान हुने मेयर यादवको दाबी छ।

नगरपालिकाभित्र करिब दुई सय जना शिक्षक छन् । जनप्रतिनिधिबीचको समस्याले आफूहरु मारमा परेको भन्दै जतिसक्दो चाँडो समस्याको समाधान गर्न उनीहरुको माग छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*