फुटबल खेलाडीहरुबिच झगडा, एन्फाद्वारा हेटौंडाका २ खेलाडीलाई प्रतिबन्ध

हेटौडा न्युज
२५ पुष २०७६, शुक्रबार १९:२६
;

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हेटौंडाका २ खेलाडीलाई प्रतिबन्ध लगाएको छ । मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीबीच भएको खेलमा झगडा गरेपछि एन्फाले प्रतिबन्ध लगाएको हो । हेटौंडाका रञ्जन विष्ट र अशोक बराललाई एन्फाले प्रतिबन्ध लगाएको हो  ।  

मनाङ मस्र्याङ्दीका खेलाडी रञ्जनले २ खेल र बरालले ५ खेल प्रतिबन्धका कारण खेल्न नपाउने भएको छ ।  बरालले विपक्षी खेलाडीलाई मैदान भित्र प्रवेश गरी हातपात गरेका कारण एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका ६ खेलाडीलाई कारवाही गरेको हो ।

मनाङका दोस्रो रोजाईका गोलकिपर बराललाई एन्फाले १० हजार जरिवाना समेत गराएको छ । यसैगरी आ–आफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मछिन्द्र र मनाङ क्लबलाई ५० हजार जरिवाना गरिएको एन्फाको वेबसाइटमा उल्लेख गरिएको छ ।

डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा दुवै क्लबले २–२ गोलको बराबरी खेलेका थिए । खेल सकिएलगत्तै दुवै टोलीका खेलाडी दशरथ रङ्गशालाको खेल मैदानमा झगडा गर्न पुगेका थिए ।
यस क्रममा खेलाडीबीच हात हालाहाल भएपछि उनीहरुलाई प्रहरीको सहयोगमा मैदानबाट बाहिर निकाल्नुपरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*