‘२७ गते संसद चल्छ, अरु कुरा मलाई थाहा छैन्’ : उपसभामुख तुम्बाहाङ्फे
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर दुई अध्यक्षले तुम्बाहाङ्फेसँग कुराकानी गरेका हुन्। भेटवार्ताको क्रममा भएको कुराकानी खुलाउन् तुम्बाहाङ्फेले चाहिनन् तर उनले २७ गते संसद भने चल्ने बताएकीछिन् ।
उनले भनिन्, ‘२७ गते संसद चल्छ। अरु कुरा मलाई थाहा छैन्।’
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपामा अन्यौलता कायमै छ । सभामुख चयनको प्रक्रिया अन्यौलमा परेपछि दुई पटक संसदको बैठक सूचना मार्फत् स्थगित भैसकेको छ । अर्को बैठक २७ गतेका लागि बोलाइएको छ ।