महतो हत्या प्रकरण : आरोपित चारजना पक्राउ, छातीमा रडले घोचेर घाइते बनाएपछि टिपरले किचेर हत्या

हेटौडा न्युज
२७ पुष २०७६, आईतवार १८:०१
;

अवैध बालुवा गिट्टी उत्खनन अभियन्ताको हत्या आरोपमा पक्राउ परेका ४ जना आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।

धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका दिलिपकुमार महतोको हत्याका आरोपित सार्वजनिक गरिनेमा चुरियामाई बालुवा गिट्टी प्रसोधन केन्द्रका सञ्चालक स्थानीय विपिनकुमार महतो, महोत्तरी बर्दिबास ९ का टिपर चालक मुनिन्द्र महतो, बर्दिबास २ का लोडर चालक जितेन्द्रकुमार महतो र स्थानीय मृतकका साथी रोशनकुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले हिजो शनिबार पत्रकार सम्मेलनको आयोजना गरी हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको हो । 

खोलामा बालुवा उत्खनन् भइरहेको झुटो खबर मृतकका साथी रोशन मार्फत दिएर उनलाई खोलामा बोलाएर हत्याएको  प्रहरीले जनाएको छ । 

हत्या हुनुभन्दा अगाडी मृतक महतोलाई छात्तिमा रडले घोचेर घाइते बनाएपछि टिपरले किचेर मारेको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*