नवजात शिशुको बेवारिसे शव फेला 

हेटौडा न्युज
२८ पुष २०७६, सोमबार २०:०४
;

दैलेखको चाल्लेमा नवजात शिशुको बेवारिसे शव फेला परेको छ । चामुण्डा बिन्द्रासैनि नगरपालिका २ चाल्ले जंगलमा असुरक्षित गर्भपतन गराई कार्टुनमा हालेर फालेको अवस्थामा बच्चाको शव भेटिएको हो ।

करिब ६ महिने गर्भस्था शिशुको शव भेटिएको नगरपालिकाकी उपप्रमुख तारा शाहीले जनाएको छ ।  ईलाका प्रहरी कार्यालय दुल्लुले घटनास्थलमा प्रहरी टोली खटाएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरी निरक्षक हिक्मत बहादुर बोहराले जनाएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*