आफ्नै दुई नाबालक छोरालाई विष खुवाइ हत्या गर्ने आमालाई जन्मकैद 

हेटौडा न्युज
२९ पुष २०७६, मंगलवार १९:५०
;

दुई नाबालक छोरालाई विष खुवाइ हत्या गर्ने  महाबु गाउँपालिका १ खरिगैरार्की आमालाई जन्मकैदको फैसला सुनाइएको छ । २४ वर्षीया कल्पना नेपालीलाई विष खुवाइ हत्या गरेको अभियोगमा जिल्ला अदालत दैलेखले जन्मकैदको फैसला सुनाएको हो ।

०७५ कात्तिक १० गते दिउँसो खाजामा विष घोलेर खुवाएपछि सात वर्षीय जेठो छोरा आयुष नेपाली र तीन वर्षीय कान्छो छोरा अमित नेपालीको मृत्यु भएको थियो। जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट उक्त फैसला गरेको दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिएका छन् । 

२०७५ कार्तिक १० गते दिउँसो घरमै आमा कल्पनाले खाजा विष मिसाएर खुवाउँदा उनका ७ बर्षीय छोरा आयुष नेपाली र ३ बर्षीय छोरा अमित नेपालीको मृत्यु भएको थियो । विष लागेको थाहा पाएपछि स्थानीयबासीले अस्पताल लैजाँदै गर्दा आयुषको बाटोमा र अमितको २०७५ कार्तिक १५ मा कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्तिक १६ गते दिएको जाहेरीमा आफन्तले आमाको नाममा जाहेरी दिएका दर्ता गराएका थिए । । 

आरोपित कल्पनालाई प्रहरीले कात्तिक २० गते हिरासतमा लिइ कर्तव्य ज्यान मुद्दा चलाएको थियो । प्रहरीले अनुसन्धान सकेर दैलेख जिल्ला अदालतमा मंसिर १० गते मुद्दा दर्ता गराएको थियो । सोहि दिन अदालतले पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा राखेको थियो ।  

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी कसूर र सजाय ऐन २०७४ को दफा १७७ बमोजिक ज्यान मारेको ठहरेको र सोही ऐनको दफा ४१ बमोजिम खाद्यबस्तुमा विष हाली मारेको खुलेको कारण जन्मकैद गरिएको फैसलामा उल्लेख छ । ऐनको उपदफा ४२ ले जन्मकैद भनेको २५ वर्ष कैद हुने जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*