हेटौंडामा २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईयो
मकवानपुरको हेटौंडामा आज २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईएको छ ।‘ भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ बुधबार हेटौंडामा प्रभातफेरी गरी मनाईएको हो ।
विक्रम सम्बत १९९० माघ २ गते भूकम्प गएको सम्झनामा २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।
आज हेटौंडामा प्रभातफेरीका साथै भुकम्प आउँदा सुरक्षित हुन अपनाउनु पर्ने सावधानीका विषयमा जनचेतनामुलक प्रदर्शन गरिएको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले भुकम्प सुरक्षा सम्बन्धी जनचेतनामुलक प्रदर्शन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा बोल्दै प्रमुख खुलालले भूकम्पका बारेमा जनचेतना जगाउनु बताएका छन् । २०७२ वैशाख १२ गते गएको भूकम्पबाट मकवानपुरमा पनि धेरै क्षती पु¥याएको र पुनर्निर्माण काम चलिरहेको बताउँदै पुनर्निर्माणको काम समयमै सक्नु पर्ने समेत खुलालले बताए ।
कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुखहरुको पनि सहभागिता थियो ।