सोनम कपूरलाई ड्राइभरले गरे डरलाग्दो व्यवहार

बलिउड अभिनेत्री सोनम कपूर पछिल्लो समय पतिसँग लण्डनमा बस्दै आएकी छिन् । यसै सिलसिलामा उनी लण्डनका केही तस्बिरहरु सामाजिक सञ्जालमार्फत सेयर गरिरहन्छिन् ।
हालै, उनले लण्डनमा उनको साथ एकदमै डरलाग्दो घटना घटेको बताएकी छिन् । जुन कुरा उनले ट्विटरमार्फत सेयर गरेकी छिन् । उनले ट्याक्सीमा आफूमाथि घटेको डरलाग्दो घटनाको बारेमा बताएकी छिन् ।
Hey guys I’ve had the scariest experience with @Uber london. Please please be careful. The best and safest is just to use the local public transportation or cabs. I’m super shaken.
1,470 people are talking about this
ट्याक्सी ड्राइभरले नराम्रो व्यवहारले डराएको समेत उल्लेख गरेकी छिन् । उनले ट्विटरमा लेखेकी छिन्, ‘हेल्लो गाइज, मैले लण्डनको उभर ट्याक्सीमा आफ्नो जिन्दगीको सबैभन्दा डरलाग्दो यात्रा गरेँ । त्यसैले सतर्क रहनुहोस् । सबैभन्दा उत्तम यात्रा सार्वजनिक यातायात र क्याब नै हो । म एकदमै धेरै डराएँ ’
सोनम कपूरले सन् २०१८ मा व्यवसायी आनन्द आहुजासँग विवाह गरिन् । आनन्दको व्यवसायको सिलसिलामा उनी प्रायः लण्डनमा बस्दै आएकी छिन् । एजेन्सी