निजगढ विमानस्थलः जुरिच एयरपोर्टसंग प्रस्ताव माग, रुख नकाट्न अदालतले अन्तिरिम आदेश

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि लगानी बोर्ड नेपालले प्रस्ताव माग गरेको छ । बोर्डले स्वीटजरल्यान्डको जुरिच एयरपोर्ट ईन्टरनेशनल एजीलाई सर्ट लिस्टमा राख्दै विमानस्थल निर्माणका लागि सार्वजनिक रुपमा प्रस्ताव माग गरेको हो ।
विकासकर्ता कम्पनी छनोट गर्नेक्रममा बोर्डले प्रस्ताव माग गरेको हो । सार्वजनिक निजी साझेदारी मोडलमा यो परियोजनाको काम अघि बढाइने छ । विमानस्थको विकास र सञ्चालनका लागि प्रस्ताव गर्ने कम्पनीमा स्वीटजरल्यान्डको जुरिच एयरपोर्ट, ईन्टरनेशनल छनोट भएको हो ।
बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै कम्पनीलाई फागुन १८ गतेसम्म तोकिएको ढाँचा अनुरुप प्रस्ताव पेश गर्न भनेको छ । बोर्डले फागुन ४ गते प्रस्ताव माथि छलफल गर्ने कार्ययोजना बनाएकोे छ ।
यता विमानस्थल निर्माण्को लागि रुख कटान नगर्न अदालतले अन्तिरिम आदेश दिएको छ । तर, बोर्डले भने विकासकर्ता कम्पनी छानेटको प्रक्रिया अघि बढाएको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आयोजना स्थलमा रहेका रूख कटानको खाका तयार भई अहिले मन्त्रालयमा छलफलको चरणमा रहेको बताइएको छ । तर, वन मन्त्रालयले रूख कटान आदेश भने दिइसकेको छैन ।
०५०÷५१ सालबाट सुरु भएको निजगढ विमानस्थल आयोजनाको चर्चा अहिलेसम्म चर्चामै सीमित छ ।