बिहेको तयारी गर्दै बलिउडका बरुण धवन

हेटौडा न्युज
४ माघ २०७६, शनिबार २०:१८
;

पछिल्लो समय बलिउड अभिनेता बरुण धवन निकै चर्चामा छन् । उनी आउँदो मे महिनामा विवाह गर्ने तयारीमा छन् । डिजाइनर नताशा दलालसँग लामो समयदेखि प्रेममा रहेका उनले केहि समयअघि विवाह गर्ने बताएका थिए । अभिनेता बरुणले अहिले आफ्नो विवाहको तयारी गरिरहेका छन् । 

उनीहरुको विवाह गोवामा हुने बताइएको छ । उनीहरुले गोवाको सुविधासम्पन्न होटलमा विवाह गर्ने बताइएको छ । बरुणले बलिउडकर्मीलाई मे महिनाको तेश्रो साता समय निकाल्न खबर गरेको पनि बताइएको छ । बरुण अहिले फिल्म मिस्टर लेले सँगै विवाहको पनि तयारी गरेका छन् । एजेन्सी 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*