मोरङमा ग्याङ फाईट, तीन जना घाईते, दुईजनाको अवस्था गम्भिर
मोरङको धनपालनथान गाउँपालिका ४ हरकपुरमा ग्याङ फाइट भएको छ । शनिबार राती भएको ग्याङफाइट मा तीनजना घाइते भएका छन् । दुईजनाको अवस्था भने गम्भीर रहेको जनाएको छ ।
४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया, २४ वर्षीय धनीराम मुखियाको समूह र ३५ वर्षीय मणिचन महतो, ६० वर्षीय रामविलास महतो, ३२ वर्षीय शंकर महतो, २१ वर्षीय हरिओम महतो, २६ वर्षीय किसुन महतोको समूह बीच ग्याङ फाइट भएको हो ।
घटनामा विसुनदेव, बलराम र किसुन घाइते इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले भएको जनाएको छ। घाइतेमध्ये विसुनदेव र बलरामको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ ।
चिन्ताजनक अवस्थामा रहेको विसुनदेवको टाउकोको शल्यक्रिया गरिएको र दुवैजनाको विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोल्डेन अस्पतालमा उपचाररत किसुनको टाउकोमा सात टाँका लगाइएको भएपनि अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको प्रनि दाहालले बताए ।
प्रहरीका अनुसार कुसहरि मण्डलको होटलमा मादक पदार्थ सेवन गर्ने क्रममा दुई युवाहरु हरिओम र धनीरामबीच विवाद सुरु भएको थियो ।
शरीरका विभिन्न भागमा सामान्य चोटहरु मात्र रहेको धनीराम, मणिचन, रामविलास, शंकर, हरिओमलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।