अग्नि सापकोटालाई सभामुख बनाउन सहमत भए ओली – प्रचण्ड

प्रधानमन्त्रीको निवास बालुवाटारमा आईतबार बसेको दुई अध्यक्षको बैठकले सापकोटालाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का दुई अध्यक्ष बिच केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अग्नि सापकोटालाई सभामुखको उमेदवार बनाउन सहमत भएको प्रधानमन्त्री ओली निकट स्रोतले जनाएको छ ।
बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ मा राजीनामा दिएपछि सो पद रिक्त थियो । सभामुख उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र नै लामो समयदेखि किचलो देखिएको थियो ।
यद्यपि आइतबारै अपराह्न बस्ने पार्टी सचिवालयको बैठकले सभामुखबारे निर्णय लिने जनाईएको छ ।
सभामुखको उमेदवारको विषयमा दुई अध्यक्ष सहमतिमा पुग्न सकेका थिएनन् । पार्टी एकताअघिकै भागवण्डाअनुसार सभामुख टुंग्याइनुपर्ने भन्दै पूर्वमाओवादी केन्द्रले अडान राख्दै आएको थियो ।