मनाङ मर्स्याङ्दीको मुख्य प्रायोजक नेपाल आयल निगम
नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबको मुख्य प्रायोजक बनेको छ । शहीद स्मारक ए डिभिजन लिग खेलिरहेको साविक विजेता समेत रहेको मनाङ मर्स्याङ्दी संग नेपाल आयल निगमले मुख्य प्रयोजक रहने गरी सम्झौता गरेको हो ।
निमगले मनाङलाई एक वर्षका लागि मुख्य प्रायोजकका लागि सम्झौता गरेको हो । निगमसंगको सम्झौतासंगै अब मनाङको नामको अगाडी एनओसी जोडीने भएको छ । प्रायोजक भए बापत निगमले मनाङलाई ३५ लाख रुपैयाँ उपलब्ध गराउनु पर्नेछ ।
अघिल्लो वर्ष मनाङको मुख्य प्रायोजक रुपमा सिग्नेचर रहेको थियो।
मनाङका अध्यक्ष क्षिमी उर्गेन र आयल निगमका प्रमुख सुरेन्द्र पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यसका साथै आयल निगम अङ्कित लोगो मनाङको जर्सीमा राखिने छ ।
जारी लिगमा स्टार खेलाडी बिना नै लिग खेलिरहेको मनाङ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । यो सिजनमा मनाङ मर्स्याङ्दीमा रहेका ६ खेलाडी क्लब छोडेर मच्छिन्द्रमा अनुबन्ध भएका थिए ।