मकवानपुरको दामनमा ८ जनाको मृत्यु, केरलका मुख्यमन्त्रीले केन्द्र सरकारसँग मागे सहयोग

हेटौडा न्युज
७ माघ २०७६, मंगलवार २२:१२
;

मकवानपुरको थाहानगरपालिका ४ स्थित रहेको पानोरमा रिसोर्टको कोठामा निसास्सिएर ज्यान गुमाएका आफ्ना नागरिकका परिवारलाई सहयोगका लागि भारतको केरल राज्यका मुख्यमन्त्रीले केन्द्र सरकारसँग  आग्रह गरेको छ । 
 भारतीय विदेशमन्त्री एस जयशंकरलाई पत्र लेखेर नेपालमा ज्यान गुमाएका आफ्ना नागरिका परिवारका लागि सहयोग प्रदान गर्न आवश्यक हस्तक्षेप गरिदिन उनले आग्रह गरेका हुन् ।  मृतक सबै ८ नागरिकको शव काठमाडौं हुँदै भारत  झिकाउन लागेको भारतीय अनलाइन टाइम्स अफ इन्डियले जनाएको छ ।

अहिले काठमाडौंस्थित ह्याम्स अस्पतालमा आवश्यक परीक्षणपछि भारतीय दूतावासमार्फत परिवारलाई शव बुझाइँदैछ । होटलको कोठामा निसासिएर ज्यान गुमाउनेहरुमा केरलको तिरुअनन्तपुरम निवासी रन्जीत र प्रवीणका परिवारका सदस्य छन्। दुवैजना, उनीहरुका पत्नी र चार छोराछोरीको शव होटलको कोठामा भेटिएको थियो।  

ह्याम्समा ल्याएपछि चिकित्सकहरुले उनीहरुको श्‍वासप्रश्‍वास बन्द भएर ज्यान गएको जनाएका छन्। १५ सदस्यीय भारतीय टोली घुम्न नेपाल आएका उनीहरु दामनस्थित रिसोर्टमा बास बसेकै बेला ज्यान गुमाएका हुन्। 

""
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*