डिनले पदको दुरुपयोग गरेको भन्दै विरोध र्याली, ३१ दिनदेखि क्याम्पस बन्द
हेटौंडाको कृषि तथा वन विश्वविद्यालयमा विद्यार्थीहरुले क्याम्पसका डिनले पदको दुरुपयोग गरेको भन्दै विरोध र्याली निकालेका छन् । वन विज्ञान अध्ययन संस्थानबाट सुरु भएको र्याली हेटौंडाको शितल महल चोक, पारीजात पथ, अजरअमर रोड, सीमा चोक हुदै बुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
विरोध र्यालीमा गलत भर्ना सुचि तत्काल खारेज गर, पदको दुरुपयोग अन्त्य गर, र्याङ्क ६ सय २५ लाई मेरीट ४२ लाई खै, डिन भट्टको फोटो सहित पिडीतलाई न्याय दे, भ्रष्टचारी डिन राजिनामा दे जस्ता नारा लगाएका थिए ।
विगत ३१ दिन देखि विद्यार्थीहरु कृषि वन क्याम्पसको डिनको कार्यकक्षमा ताला लगाएर धर्ना बसेका बिद्यार्थीहरुले क्याम्पस प्रशासन र डिन बलराम भट्टले बेवास्ता गरेर दबाउन खोजेको भन्दै विरोधमा र्याली निकालिएको अनेरास्ववियू क्याम्पस कमिटीका कार्यबहाक अध्यक्ष अंकित खतिवडाले बताएका छन् ।
विद्यालयले मेरिटको आधारमा प्रकाशित गरेको नतिजा विश्व विद्यालय ऐन विपरित भए भएको भन्दै विद्यार्थीहरुले पुस ७ गतेदेखि विद्यालयको डिन, शैक्षिक र आर्थिक कार्यकक्षामा विद्यार्थीहरुले तालाबन्दी गरेका थिए ।
कृषि तथा वन क्याम्पसले गत पौष ६ गत प्रकाशन गरेको भर्ना सम्वन्धि सुचनामा विश्वविद्यालयका डीन बलराम भट्टले पदको दुरुपयोग गरेको विद्यार्थीहरुको आरेप लगाउदै यस्तो काम विद्यार्थीहरुले सहेर नबस्ने बताएका छन् ।
डीन भट्टले आफ्नो ईन्स्टिच्युटमा अध्ययन गरेका विद्यार्थीहरुको पक्षमा एकलौटी भर्ना गर्ने निर्णय सहितको सूचना निकाले पछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
विश्वविद्यालयको पठनपाठन ३१ दिनदेखि बन्द रहेको छ भने, विद्यार्थीहरुले डीनको कार्यकक्षमा ताला लगाईदिएका छन् ।
गत पौष ५ गते लिइएको प्रवेश परीक्षामा पास भएका मध्य ४२ देखि १ सय ८८ क्रम संख्याका विद्यार्थीहरु भर्नाबाट बञ्चित रहेको खतिवडाको भनाई छ ।
खतिवडाका अनुसार १ देखि ४१ र १ सय ८९ देखि ६ सय २५ क्रम संख्याका विद्यार्थीहरु मेरिटमा परेका थिए । मेरिटमा परेका विद्यार्थीहरुमात्रै विद्यालयमा भर्ना हुन पाउने व्यवस्था रहेको छ ।
विद्यार्थीहरुले इन्ट्रान्स पास गरेका मध्ये पहिलो ४१ जनाले हेटौंडा र २१ जनाले उदयपुरको कटारी गरी जम्मा ६२ जनाले योग्यताक्रम ९मेरिट० को आधारमा निशुल्क अध्ययन गर्न पाउने व्यवस्था रहेको छ ।
तर डीन भट्टले योग्यतालाई लत्याउदै योग्यताक्रमको ४२ औं देखि योग्यता पुगेकालाई पञ्छाएर ६ सय २५ औं योग्यताक्रमका विद्यार्थीहरुलाई निशुल्क अध्ययनको व्यवस्था मिलाएको आरोप लगाएका छन् ।
विश्वविद्यालयमा वीएस्सी फरेष्ट्रीमा ८६ जनाको कोटा रहेको छ भने सशुल्क अध्ययनका लागि प्रति विद्यार्थीले ३ लाख ५० हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने हुन्छ । आन्दोलनका कारण कोर्ष पूरानै नहुने सम्भावना देखिएको छ ।