ए डिभिजन लिगः थ्रीस्टार लिग तालिकाको तेस्रो स्थानमा, शेर्पा ३–१ ले पराजित

हेटौडा न्युज
९ माघ २०७६, बिहीबार २१:१९
;

जारी शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई हराउदै चौथो जित हात पारेको छ ।

बिहीबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पालाई ३–१ गोल अन्तरले हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
यो सिजन स्टार खेलाडीबिना नै मैदानमा खेलिरहेको थ्रीस्टारले शेर्पाविरुद्ध भने प्रभावशाली जित हात पारेको हो ।

खेलको छैटौँ मिनेटमा थ्रीस्टारका सुशील राईको गोलमा शेर्पाले अग्रता बनायो । तर ४४ औंँ मिनेटमा शेर्पाका स्टेफेन समिरले गोल गरे पछि खेल बराबरी गर्न सफल भयो । त्यसको एक मिनेटमा नै फेरि थ्रीस्टारले ४५ औंँ मिनेटमा सञ्जोक राईले गोल गरेपछि थ्रीस्टार पहिलो हाफमा दुई एकले अगाडि रह्यो ।

दोस्रो हाफको ५० औंँ मिनेटमा वासीयु ओलादिरानले गोल गर्दै थ्रीस्टारको अग्रता तीन एकमा पुर्याए । त्यसपछि पनि थ्रीस्टारले दुई वटा मौका गुमायो भने शेर्पाले खेलमा दोस्रो गोल गर्न सकेन ।

यो जितले थ्रीस्टारले आठ खेलमा चार जित दुई बराबरी र दुई हारका साथ १४ अंक बनाउँदै तेस्रो स्थानमा रहेको छ । यसका साथै उसले शीर्ष स्थानमा रहेको आर्मीसँगको दूरी तीन अंकमा झारेको छ । शीर्ष स्थानमा रहेको आर्मी र दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको समान १३–१३ अंक छ ।

लिगमा शेर्पाको यो तेस्रो हार हो । शेर्पा आठ खेलमा सात अंकका साथ ११ औंँ स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*