स्ट्रिट डान्सरमा नेपाली डान्सर शुसान्तको अभिनय, वरुण र श्रद्धाले गरे नेपालीलाई यस्तो आग्रह

हेटौडा न्युज
९ माघ २०७६, बिहीबार २२:५१
;

शुक्रबादेखि चर्चित डान्सर  सुशान्त खत्रीको  डेब्यू बलिउड चलचित्र  ‘स्ट्रिट डान्सर थ्रीडी’ प्रदर्शनमा आउने भएको छ ।  "Image

 

भारतिय  रियालिटी शो ‘डान्स प्लस’बाट चर्चा कमाउन सफल भएका सुशान्त खत्रीलाई यस चलचित्रको लागि उक्त  रियालिटी शोका निर्माता तथा यस चलचित्रका निर्देशन रेमो डिसुजाले अफर गरेका हुन् ।  

चलचित्रमा सुशान्तसँगै  वरुण, श्रद्धा,  प्रभु देवा, अपारशक्ति खुराना, नोरा फतेही, शक्ति मोहन लगायत कलाकारको भूमिका रहेको छ ।  

यसै सन्दर्भमा चलचित्रका पात्र वरुण धवन र श्रद्धा कपूर निकै उत्साहित हुँदै एक भिडियो सार्वजनिक गर्दै भोली देखी प्रदर्शन हुने यस चलचित्रलाई हेर्न सम्पूर्ण नेपाली  दर्शकलाई आग्रह गरेका छन् । 

सार्वजनिक भिडियोमा उनीहरुले भनेका छन्, ‘हाम्रो फिल्म २४ जनवरीबाट प्रर्दशन हुँदैछ । जसको नाम हो ‘स्ट्रिट डान्सर थ्रीडी’ । यो फिल्ममा नेपालको निकै मिहेनती र प्रतिभाशाली डान्सर सुशान्त खत्री छन् । हामीलाई थाहा छ नेपालमा धेरै स्ट्रिट डान्सर छन् । तपाईहरु हामीलाई पनि माया गर्नु हुन्छ । हाम्रो यो फिल्मलाई माया गर्नुहोला ।’  एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*