बागमती प्रदेशको प्रदेशसभा बैठक १२ गते बस्दै
बागमती प्रदेशको प्रदेशसभा बैठक माघ १२ गते बस्ने भएको छ । प्रदेश राजधानी र नामकरणपछि पुस २७ गतेबाट स्थगित प्रदेशसभा बैठक माघ १२ गते बस्ने भएको हो । प्रदेशसभा बैठक माघ १२ गते बस्ने भएको हो । बैठक आइतबार दिउँसो ३ बजे बस्ने सभामुख सानुकुमार श्रेष्ठले जनाएका छन् ।
प्रदेशसभामा केही विधेयक दर्ता हुने क्रममा रहेको छ । बैठकको बाँकीे कार्यसूची भने कार्यव्यवस्था परामर्श समितिको बैठक बसेपछि तय हुने सभामुख श्रेष्ठले बताएका छन् ।
प्रदेशसभाले हालसम्म ४५ वटा कानुन निर्माण गरिसकेको छ । प्रदेशसभाको पाँचौं अधिवेशन विशेष गरी निजामति, प्रहरी तथा पर्यटन विधेयक निर्माणमा केन्द्रित हुनेछ ।