तुम्वाहाम्फेद्वारा लिखित पुस्तकको विमोचन

हेटौडा न्युज
१४ माघ २०७६, मंगलवार १५:४४
;

शहिद स्मारक विकास समितीको रजत जयन्तीको अवसरमा जनस्तरबाट प्रकाशित नेपालको इतिहासका विभिन्न कालखण्डका शहिदहरु नामक पुस्तकको विमोचन गरीएको छ ।

नेपालका विभिन्न आन्दोलन तथा घटनामा परी देश र जनताका लागी जिवनको बलिदान दिएका व्यक्तिहरुको बारेमा लेखिएको उक्त पुस्तक हिजो हेटौंडामा विमोचन गरीएको हो ।

""

सम्राट तुम्वाहाम्फेद्वारा लिखित पुस्तकको परराष्ट्र विद हिरण्य लाल श्रेष्ठले विमोचन गर्दै नेपालका शहिद कति छन भन्ने अन्यौलता चलिरहेको बेला यस पुस्तकको प्रकाशन बाट केहिहद सम्म शहिदका बारेमा जान्न सहज हुने बताएका छन् ।

लेखक तथा प्रकाशक आफै रहने गरी तुम्वाहाम्फेले यस पुस्तकलाई प्रकाशन गरेका हुन् । पुस्तकमा आफुले गहिरो अध्ययन गरे शहिदहरुको विवरण संकलन गरेको बताएका छन् । नेपालका सम्पुर्ण शहिदहरुका बारेमा केहि अंश मात्र यस पुस्तकमा समावेश गरीएको बताएका छन् । 

नेपालका सहिदका बारेमा थोरै मात्रामा पढ्न र सुन्न पाइने गरेको बताउदै तुम्वाहाम्फेले भने अब शहिदहरुको जिवन र संघर्षका बारेमा सबैले थाहा पाउनु पर्ने र यसको सुरुवात यस पुस्तक प्रकाशनबाट भएको बताएका छन् ।

तुम्वाहाम्फेका अनुसार अब सरकारले शहिदका बारेमा पढ्न एउटा छुट कोर्ष नै संचालन गर्नु पर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*