गाँजा पक्रन प्रहरीको गोली, ३ जना पक्राऊ, सो क्रममा प्रहरी भ्यान दुर्घटना

मकवानपुर प्रहरीले गएराति करीब साँढे १२ बजे गाँजा तस्कर पक्रन गोली चलाएको छ । शंकास्पद कार भएको विशेष सूचनाको आधारमा करीब राति साढे १२ बजे पश्चिम तर्फबाट हेटौंडा आउँदै गडरेको भारतीय नम्बर बीआर ०६ जे ४४५८ नम्बरको कारलाई हेटौंडा–११ थानाभरयाङ्गमा रोक्न खोज्दा नरोकी भाग्न खोजेपछि प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीले सो कारको टायरमा गोली हानेर ३ जनालाई पक्राउ गरेका थिए । प्रहरीले सो कारबाट ३२ केजी गाँजा बरामद गरिएको मकवानपुर प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताएका छन् । पक्राऊ पर्नेमा भारत मुजफरपुरका ३५ बर्षीय अजमैल हवारी, चालक सञ्जित पासमान र जाहेरा खातुन रहेका छन् ।
पक्राऊ गर्ने क्रममा वडा प्रहरी कार्यालयको ना. १ झ १४१७ नम्बरको प्रहरीको गाडी ना.५ ख ५५८२ नम्बरको यात्रुबाहक बससँग ठक्कर खाएर दुर्घटना हुँदा प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीसहित ६ जना घाईते भएका थिए । दुर्घटनाबाट प्रहरीतर्फ ५ जना र गाँजा ल्याउने समूहकी ४५ बर्षीया भारतीय नागरिक जाहेरा खातुन रहेका छन् । घाईतेहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।