नेकपाको बैठक शुरु, नेपाललाई बरिष्ठ नेता र गौतमलाई उपाध्यक्ष बनाउने तयारी

हेटौडा न्युज
१६ माघ २०७६, बिहीबार १८:५१
;

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो दिनको बैठक शुरु भएको छ ।

बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन र महासचिवको सांगठनिक प्रतिवेदन तथा विधान संशोधनमाथि छलफल हुनेछ ।

महासचिव विष्णु पौडेलको प्रतिवेदनमा पार्टीमा अब दुईजना बरिष्ठ नेता रहने प्रस्ताव रहको छ । यसअघि झलनाथ खनाल मात्रै बरिष्ठ नेताको रुपमा रहेकाले अब माधव नेपाललाई पनि बरिष्ठ नेता बनाउनका लागि यस्तो प्रस्ताव आएको नेकपा स्रोतले बताएको छ ।

संशोधित पार्टी विधानको धारा १८ मा साविक व्यवस्थाको सट्टा दुई अध्यक्ष, दुई बरिष्ठ नेता, एक उपाध्यक्ष, एक महासचिव र एक प्रवक्ता रहने व्यवस्था छ । यसअघि माधव नेपाललाई मर्यादाक्रममा तल झारेर खनाललाई बरिष्ठ नेता बनाएपछि नेपालले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

यस्तै विधान संशोधन गरी वामदेव गौतमलाई वामदेव गौतमलाई उपाध्यक्ष बनाउने तयारी गरिएको छ । यससँगै उनले पार्टीमा तीन जिम्मेवारी पाउनेछन् । संशोधित विधानको धारा १८ को ९घ० १ मा उपाध्यक्षको व्यवस्था गर्दै उनलाई नयाँ जिम्मेवारी दिने तयारी गरिएको हो ।

नेकपा बैठकमा केन्द्रीय सदस्यहरुको १५ वटा समूह बनाएर छलफल चलिरहेको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*