मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालयमा आगलागी 

हेटौडा न्युज
१८ माघ २०७६, शनिबार १७:१८
;

मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । वीरगञ्ज-८ स्थित नगर विकास समितिको भवनमा रहेको बैंकको शाखामा गएराति ११ आगलागी भएको हो ।

आगलागीबाट बैंकभित्र रहेको एक दर्जन कम्युटर, प्रिन्टर ३ थान, २ सेट सोफा, ४ थान एसी, फर्निचरलगायतका समान र कागजपत्र जलेर नष्ट भएको शाखा कार्यालयका म्यानेजर अशोक राजभण्डारीले बताएका छन् । महत्वपूर्ण कागजात र रकम भने सुरक्षित  रहेको उनले बताए ।

१५ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले जनाएको छ ।  विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

वीरगञ्ज महानगरपालिकाको दमकलको सहयतामा सुरक्षाकर्मी र स्थानीय मिलेर आगो समयमै नियन्त्रणमा लिएकाले थप क्षति हुनबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*