थ्रीस्टारका संजोगको ह्याट्रिमा सरस्वती क्लब ४–० गोल अन्तरले पराजित

हेटौडा न्युज
१८ माघ २०७६, शनिबार २०:४८
;

शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले सरस्वती युथ क्लबलाई पराजित गरेको छ । थ्रीस्टारले शनिबार दशरथ रंगशालामा भएको खेलमा सरस्वती युथ क्लबलाई ४–० ले पराजित गरेको हो । 

संजोगको हृयाट्रिकको मद्दतमा थ्रीस्टारले सरस्वतीलाई पराजित गर्न सफल भएको हो । सरस्वतीले खेलको पहिलो हाफमा थ्री स्टारलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा चार गोलको क्षति ब्यहोर्नु पर्‍यो । 

 संजोग राई शहिद स्मारक ए डिभिजनको यस सीजनमा हृयाट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

थ्रीस्टारलाई भारतीय खेलाडी लालराम्भराले ४८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि संयोजले ५७औं मिनेटमा व्यक्तिगत गोलको खाता खोले । संजोगले ६६ औं र ७१ औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरेका हुन् ।

यो जितसंगै थ्रीस्टारले १० खेलबाट १७ अंक जोडेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*