भ्रमण वर्ष लक्षित हेटौंडा रन प्रतियोगिता माघ २५ मा, ७ हजार बढी सहभागी गराईने

हेटौडा न्युज
१९ माघ २०७६, आईतवार २३:२८
;

भ्रमण वर्ष २०२० लक्षित गरी हेटौंडामा हेटौंडा रन नामक दौड प्रतियोगिता हुने भएको छ । बागमती प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयको आयोजनामा हेटौंडा रन प्रतियोगिता हुन लागेको आज एक पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।  

बागमती प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयको आयोजना र पर्वतीय खेलकुद महासंघ बागमती प्रदेशको संयोजनमा माघ २५ गते प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा पुरुष तर्फ दश कि.मि. महिला तर्फ पाँच कि.मि. तथा सहभागिता मुलक तीन कि.मि.( फन रनं) गरी तीन किसिमका दौड प्रतियोगिता हुनेछन् ।

प्रतियोगितामा सहभागी तथा दर्शकसहित करीब ७ हजार ५ सय जनाको उपस्थिती गराउने तयारी गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. ५० हजार, दोसा्रे र तेस्रो हुनेले क्रमश नगद रु. ३० हजार र रु.२० हजार सहित मेडल तथा शिल्ड प्राप्त गर्नेछन् ।

सन्त्वना पुरस्कार तर्फ नगद रु. १० हजार र रु. ५ हजार नगद पुरस्कारको व्यवस्था गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

कुल रु.३८ लाख १७ हजार अनुमानीत लागतमा कार्यक्रम आयोजना गर्न लागिएको बताईएको छ । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय, विदेशी खेलाडी, स्थानिय तहका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, प्रहरी, विभिन्न सामाजिक संघसंस्था, बैंकका कर्मचारी, स्थानिय कलाकार र सर्वसाधरणको सहभागिता रहने बताइएको छ ।

 हेटौंडा –४ हुप्राचौरबाट प्रतियोगिताको सुरुवात हुने बताईएको छ । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*