परोपकारका नाममा व्यापार गर्ने संस्थालाई कारबाही गर्न माहिला तथा सामाजिक समितीको गृहलाई निर्देशन

हेटौडा न्युज
२० माघ २०७६, सोमबार २१:२३
;

परोपकारका नाममा व्यापार गर्ने संस्थाको पहिचान गरी कारबाही गर्न प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

आज सोमबार बसेको समिति बैठकले त्यस्ता संस्थाहरुको अनुगमन र पहिचान गरी तत्काल कारबाही गर्न गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्लाई निर्देशन दिएको हो ।

 बालबालिकाको हकहितका लागि खुलेका गैरसरकारी संस्थाको कार्यशैलीमा पारदर्शीता कायम गर्न, पोषणको अवस्था सुधार गर्न, कुनै पनि कारणबाट बालअधिकार खण्डित हुन नदिन समितिले निर्देैशन समेत दिएको छ । समितीले मर्यादित व्यवहार गराउन सूचनाको हकसम्बन्धी ऐन २०६४ अनुसार हरेक तीन महिनामा अध्यावधिक विवरण अनिवार्य रुपमा प्रकाशन गराउने व्यवस्था मिलाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले संघीय संरचनाअनुसार बन्ने सम्पूर्ण बाल संरक्षणसम्बन्धी संस्थाहरुलाई बालबालिकामैत्री बनाउने, न्यूनतम मापदण्ड पूरा गरेर मात्र खोल्ने, स्वास्थ शिक्षालगायतका न्यूनतम आधारभूत आवश्यकता पूरा गराउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*