विप्लव समूहका लागि चन्दा शंकलन गर्ने मुख्य व्यक्ति पक्राउ
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का लागि चन्दा शंकलन गर्ने मुख्य व्यक्ति पक्राउ परेका छन् । प्रहरीको विशेष ब्यूरोको टोलीले विप्लव समूहको जनसम्पर्क समितिका केन्द्रीय कोषाध्यक्ष अर्जुन कटुवालाई पक्राउ गरेको हो ।
कटुवाललाई कलंकीस्थित उनको निजी कार्यालयबाट पक्राउ गरिएको विशेष ब्यूरो स्रोतले जनाएको छ ।
उनको कोठाबाट विभिन्न व्यक्ति तथा संस्थाबाट चन्दा संकलन गर्नका लागि काटिएका रसिद र महत्वपूर्ण कागजात समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनी हेभी इक्विभमेन्ट महासंघका सचिव समेत रहेका जनाइएको छ ।