बस्ति जोगाउन कर्रा खोलामा कंक्रिट ढलान
बस्ति जोगाउनका लागि हेटौंडा–५ कर्रा खोलामा कंक्रिट ढलान निर्माण कार्य सुरु गरिएको छ । हेटौंडाको पिप्ले क्याम्पाडाँडा नजिक कर्राखोलाबाट हरेक वर्ष वर्षायाममा हेटौंडाको गर्दोइ क्षेत्रका सयौ घर डुवानमा पर्ने गरेका छन् । बस्ती जोगाउनका लागि कर्रा खोलामा कंक्रिट ढलान कार्य अघि बढाइएको हो ।
तिन चरणमा सम्पन्न गरीने कंक्रिट ढलान निर्माणकार्य यसै वर्ष भित्र सम्पन्न गरीने छ । यसैवर्ष तीन चरणमा गरेर एक करोड रुपैयाँ सम्मको काम गर्ने योजान रहेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
कंक्रिट ढलान निर्माण कार्यको पहिलो चरणमा ३० लाख रुपैयाँको काम सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताएका छन् । हरेक वर्षायाममा हेटौंडाको क्याम्पाडाँडा देखि कर्रा पुल सम्मका खोला नजिकका घरहरु डुवानमा पर्दै आएकाले वस्ती जोगाउका लागि क्रंकिट ढलान गरेर काम सुरु गरिएको मेयर महतले वताएका छन् ।
यसैवर्षको वर्षायाममा समेत कर्राखोला गर्दोइको वस्तिमा पसेर घरहरु डुवेका थिए । घरघरबाट सेना र प्रहरीले स्थानीयलाई उद्धार गरेको थियो ।