गच्छदार माथि लागेको मुद्दाको विषय संसदमा प्रवेश 

हेटौडा न्युज
२३ माघ २०७६, बिहीबार १९:२०
;

प्रमुख प्रतिपक्षी दल कांग्रसका उपसभापति विजयकुमार गच्छदार माथि बालुवाटार जग्गा प्रकरणमा मुद्दाको विषयलाई संसदमा प्रवेश गराएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले यो प्रकरण संसदमा उठाएकी छिन् ।

यसअघि आज बसेको कांग्रेस पदाधिकारी बैठकले पनि गच्छदार माथिको मुद्दा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको निष्कर्ष निकालेको थियो । 

बिहीवार बिहान सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारीको आकस्मिक बैठकले कम्युनिस्ट सरकारले गच्छदारमाथि राजनीतिक पूर्वाग्रह साँधेको आरोप लगाएको हो ।

प्रतिनिधि सभा बैठक, २०७६ माघ २३ गते , १ः०० बजे

यसमा तपाइको मत

Your email address will not be published.


*