अख्तियारमा धर्ना दिने साझा पार्टीका  एक दर्जन बढी कार्यकर्ता पक्राउ

हेटौडा न्युज
२४ माघ २०७६, शुक्रबार १८:१९
;

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका साझा पार्टीका केन्द्रीय नेता सहित एक दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय सदस्य समिक्षा बाँस्कोटा,प्रकाशचन्द्र परियार, नारायण कोइराला लगायतलाई पक्राउ गरिएको हो। ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई उन्मुक्ति दिएको भन्दै साझाले अख्तियारमा धर्ना दिएको थियो ।

नारा र सिठी फुक्दै अख्तियारको निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।  पक्राउ गरी उनीहरूलाई अहिले वृत्तमा राखिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*