सोनम बनिन् ट्रोलको शिकारः प्रयोगकर्ताले भने, ‘बुवाको अगाडि कसैले यस्तो लुगा लगाउँछ ?’

हेटौडा न्युज
२४ माघ २०७६, शुक्रबार १९:४४
;

हालै मोहित सुरी निर्देशित फिल्म मलंगको स्क्रिनिङको आयोजना गरिएको थियो । स्क्रिनिङमा बलिउडका ठूला स्टार्सको उपस्थिती रह्यो । यो मौकामा सोनम कपुर पनि आफ्ना बुवा अनिल कपुरसँग फिल्म हेर्न पुगिन् । सोनम स्क्रिनिङमा कालो रङको ग्ल्यामरस पहिरनमा अनिलसँग पोज दिइरहेकी थिइन् । उक्त पहिरनका कारण उनी ट्रोलर्सको निशानामा पनि परिन् ।

ट्रोलर्सले सोनममाथि निशाना साँध्दै भने, ‘आफ्नो बुवाको अगाडि कसैले यस्तो लुगा लगाएर उभिन सक्छ ? के उनीहरुलाई लाज लाग्दैन ?’

अर्का ट्रोलरले भने, ‘यस्तो लुगामा आफ्नो बुवासँग उभिँदा कस्तो उदेकलाग्दो देखिएको छ ।’

अर्का एक प्रयोगकर्ताले अलिकति त लाज राख सम्म भन्न भ्याए ।

नकारात्मक ट्रोल्सबाहेक केही मानिसहरुले सोनमको फेसन सेन्सको पनि तारिफ गरेका छन् ।

एक प्रशंसकले लेखे, ‘सोनम निकै राम्री देखिएकी छिन् । ’ अर्का एक प्रशंसकले लेखे, ‘बुवा, छोराको सबैभन्दा कूल जोडी । अल्टिमेट फेशन क्विन अफ बलिउड ।’

स्मरण रहोस्, सोनम कपुर यसअघि पनि पहिरनका लागि ट्रोल भइसकेकी छिन् । यद्यपि, उनको फेसन सेन्सको निकै तारिफ पनि गरिन्छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*