अन्तर विद्यालय स्तरको टि १० क्रिकेट प्रतियोगिता हेटौँडामा सुरु
झमकमाया स्मृति कप अन्तरविद्यालय टि १० क्रिकेट प्रतियोगिता हेटौँडामा आजबाट सुरु भएको छ । बागमती प्रदेश सभा सदस्य तथा नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामी (छिन्तु)को प्रमुख आतिथ्यतामा हेटौंडाको हुप्राचौरमा सोमबारबाट खेल सुरु भएको हो ।
सोलीड्यारिटी इन्टरनेशनल एकेडेमीको आयोजना तथा मदन भण्डारी स्पोर्ट एकेडेमी मकवानपुरको व्यवस्थापनमा सोलीड्यारिटी इन्टरनेशनल एकेडेमीका संस्थापक अध्यक्ष ऋषिराम आचार्यका आमा स्व. झमकमाया स्मृतिमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा विजेताले २० हजार र उपविजेताले नगद १० हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उद्घाटन खेलमा तुलसी मेहर मेमोरियल मावि र सोलीड्यारिटी इन्टरनेशनल एकेडेमी विच प्रतिस्पर्धा भएको छ ।
मकवानपुरका सामुदायिक विद्यालय र नीजि विद्यालयसहित २० विद्यालयको सहभागिता रहेको छ ।
मदनभण्डारी स्पोर्ट एकेडेमी क्रिकेट विभाग प्रमुख प्रेम क्षेत्रीको सभाअध्यक्षतामा भएको खेल उदघाटन कार्यक्रममा प्रमुख अतिथिमा बागमती प्रदेश सभा सदस्य तथा नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामी रहेका थिए ।
त्यस्तै विशेष अतिथिमा खेलकुद विकास समितिमा अध्यक्ष सानु लामा,अतिथिमा मदन भण्डारी स्पोर्ट एकेडेमीका जिल्ला अध्यक्ष निरजसिंह ठकुरी,प्याबसन मकवानपुरका अध्यक्ष विनोद सुवेदी,राष्टिय अभिभावक संघ मकवानपुरको अध्यक्ष रमिला सापकोटा,इस्टु मकवानपुरका अध्यक्ष सचिन लामा लगायतको सहभागिता रहेको थियो ।