सभामुख सापकोटालाई सांसद खतिवडाको रोचक सुझाव, भने- तपाईंको कुर्सीमा आँखा लाग्यो, कालो टीको लाउनुस्

हेटौडा न्युज
२९ माघ २०७६, बुधबार १९:४६
;

निर्वाचित हुनुअघिबाटै विवादमा तानिएपछि सभामुख अग्नि सापकोटालाई एकजना सांसदले रोचक सुझाव दिएका छन्।  बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्तारुढ नेकपाकै सांसद विरोध खतिवडाले सभामुख सापकोटालाई बैठकको अध्यक्षता गरिरहेको कुर्सीमा कालो टीका लगाउन सुझाव दिएका हुन्।

‘सभामुखज्यू तपाईंको कुर्सीमा आँखा पर्यो। शिवले माया गरेर तुम्बा समातेर कैलाशमा बसे जस्तै तपाईंले पनि कुर्सीको जतन गर्नु पर्‍यो’, उनले भने, ‘बच्चाहरुलाई पनि आमाले अरुको आँखा पर्न नदिन कालो निधार या अन्त कालो टीको लाइदिने गर्छन्। तपाईंले पनि त्यो कुर्सीमा अरुको आँखा लाग्न नदिन कुर्सीको खुट्टा या ढाडमा कालो लाउने हो कि।’ सभामुख सापकोटाले सन्तुलित ढंगले संसद चलाउँछु भन्दा पनि सुरुमै अवरुद्ध भएको खतिवडाले बताए। ‘तपाईंले सन्तुलितरुपमा सदन चलाउँछु भन्दा भन्दै सुरुमै प्रतिपक्षीले अवरुद्ध ग¥यो’, उनले भने, ‘सुरुमा जे भए पनि अब सदनलाई सन्तुलित ढंगले चलाउनु होला।’ स्रोत: थाहाखबर
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*