सलमान खानको ५२ वर्षे फ्यान, जसले भेट्नका लागि साइकलमा ६ सय किलोमिटर यात्रा गरे

हेटौडा न्युज
३ फाल्गुन २०७६, शनिबार १५:०४
;

सपटक फिल्म फेयर मुम्बईमा नभई असमको राजधानी गुवाहाटीमा सुरु हुने भएको छ । १५ र १६ फेब्रुअरीमा हुने कार्यक्रममा बिजेतको नामको घोषणा पहिले नै भइसकेको छ । यहाँ बलिउडका विभिन्न हस्तीसहित सलमान खान पनि पुग्नेछन् । यसै आशामा सलमान खानका ५२ वर्षे प्रशंसक ६ सय किलोमिटर साइकल चलाएर उनलाई भेट्न गुवाहाटी पुगेका छन् ।

तिनसुकिया जिल्लामा बस्ने भूपेन लिक्सनले ८ फेब्रुअरीमा आफ्नो साइकल यात्रा सुरु गरेका थिए । ६ दिनपछि १३ फेब्रुअरीमा गुवाहाटी पुगे । उनले आफूसँग सलमानको एउटा तस्बिर पनि बोकेका छन् ।

""

ANI@ANI

Assam: Bhupen Likson, a cyclist from Tinsukia reached Guwahati yesterday after cycling a distance of over 600 kms, to meet Salman Khan. He says,"I started this journey on Feb 8 from Jagun (Tinsukia) on a cycle to meet Salman Khan who will be in Guwahati to attend Filmfare Awards"

"View"View"View

748

7:20 AM – Feb 14, 2020

Twitter Ads info and privacy

345 people are talking about this

इन्डिया बुक अफ रेकर्डमा आफ्नो नाम दर्ता गरिसकेका छन्ः

सन् २०१३ मा भूपेनले साइकलको ह्यान्डल नसमातिकनै एक घण्टामा ४८ किलोमिटरको यात्रा गरेका थिए । उनको यो रेकर्ड इन्डिया बुक अफ रेकर्डमा दर्ता छ । सलमान खानलाई पनि साइक्लिङ निकै मन पर्छ उनलाई मुम्बईमा थुप्रै पटक साइकल चलाइरहेको देखिएका छन् ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*